Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ३ मंगलबार २०:५९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गौरीगन्जमा सहमति, भोलिदेखि मतगणना हुने

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार २०:५९:००

झापाको गौरीगन्जमा सोमबार बिहानबाट रोकिएको मतगणना सुरु हुने भएको छ। भोलि बिहानबाट गणना सुरु गर्ने गरी सहमति भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। 

मतगणनाको क्रममा गौरीगन्ज- १ मा खसेको मत र मतपेटिकामा भएको मतपत्रको संख्यामा फरक आएपछि कांग्रेसले आपत्ति जनाएको थियो। गौरीगन्ज–१ बाट निर्वाचन सम्पन्न भएको दिन ३ हजार ८ सय ८ मत खसेको मुचुल्का तयार पारिएको थियो। तर, गणनाका समयमा एक सय ७३ मत बढी देखिएको भन्दै कांग्रेसले विरोध जनाएपछि गणना स्थगित भएको थियाे। गणनाको समयमा ३ हजार ९८१ मत पुगेको भन्दै कांग्रेसले धाँधली भएको जनाएको छ।

उक्त वडामा मतगणना सकिँदा कांग्रेसका कात्र्तिकलाल राजवंशी र एमालेका पर्शुराम काफ्लेको बराबरी एक हजार ८१ मत आएको थियो। उक्त वडामा पुनः मतगणना हुने भएपछि सहमति जुटेको नेपालले बताए। ‘सबै मतगणना सकिएपछि वडाध्यक्षको मात्र अन्तिममा गणना गर्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिबाट गणना सुरु हुनेछ।’