मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ३ मंगलबार १३:४५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

शिवसताक्षीमा सहमति जुट्यो, दुई दिनपछि मतगणना पुनः सुरु हुँदै

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १३:४५:००

दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ। शिवसताक्षी– १ मा खसेको मत र गणना भएको मतसंख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको थियो।

वडा नम्बर १ मा मतदानका दिन बनाइएको मुचुल्काभन्दा गणना गर्दा ५४ मत कम देखिएपछि विवाद सुरु भएको थियो। त्यहाँका निर्वाचन अधिकृत ऋषि पौडेललाई निर्वाचन आयोगले फिर्ता बोलाएर नयाँ अधिकृत मधु पोखरेललाई खटाएको छ। लामो प्रयत्नपछि गणना सुरु भएको हो। 

‘दलहरूको माग पुनः गणनाको थियो । उहाँहरूको निवेदनको आधारमा निर्वाचन आयोगमा लेखी पठाउने सहमति भएको छ,’ पोखरेलले भने, ‘अब केहीबेरमा गणना सुरु हुन्छ ।’