मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ३ मंगलबार १२:२८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जुम्लाका पाँच वडामा समाजवादी निर्वाचित 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १२:२८:००

स्थानीय तहको निर्वाचनमा जुम्लाका पाँच वडामा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचित भएको छ । यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मतपरिणावटामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो । चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित महतले दुई सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी एमालेका कमलबहादुर महत दुई सय ३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै, हिमा गाउँपालिका– २ को वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनी एक सय ६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी माओवादीका जयबहादुर रोकायाले एक सय ११ मत प्राप्त गरी पराजय भोगेका हुन् । 

सोही गाउँपालिका– ७ को वडाध्यक्षमा समाजवादीका विक्रमबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई सय ६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी माओवादीका वीरजित रोकायाले एक सय ८० मत प्राप्त गरी पराजित भएका छन् । कनकासुन्दरी गाउँपालिका– ७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले दुई सय ८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्याशी एमालेका अजबहादुर रोकाय एक सय ८० मत प्राप्त गरी पराजित भएका हुन् । 

यस्तै गुठीचौर गाउँपालिका– २ को वडाध्यक्षमा समाजवादीका दीपबहादुर रोकाया निर्वाचित भएका छन् । उनी  तीन सय २५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्याशी कांग्रेसका उजिलो बुढाले तीन १३ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।