१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का
२०७५ चैत १ शुक्रबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार

स्थानीय तह मदिरामुक्त अभियानमा

Read Time : < 1 मिनेट
मनीष खड्का
२०७५ चैत १ शुक्रबार ०८:२४:००

रुकुम पश्चिमका स्थानीय तहले मदिरामुक्त अभियान सुरु गरेका छन् । मदिरामुक्त क्षेत्र घोषणा गर्ने वडालाई पुरस्कृत गर्ने कार्यक्रमसहित स्थानीय तहले यस्तो अभियान सुरु गरेका हुन् । चौरजहारी र आठबीसकोट नगरपालिकामा मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रम तीव्र रूपमा अघि बढिरहेको छ । 

चौरजहारी नगरपालिकाले चैत पहिलो सातासम्म मदिरामुक्त घोषणा गर्ने वडालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । तोकिएकै समयमा मदिरामुक्त क्षेत्र घोषणा गरे नगरक्षेत्रका १४ वटै वडालाई पुरस्कृत गरिने नगर प्रमुख विशाल शर्माले बताए । जिल्ला समन्वय समितिले १६ फागुनबाट जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवनमा पूर्ण रूपमा बन्देज लगाएको छ । जिससको अभियानलाई सहयोग पु-याउन वडा कार्यालयमार्फत मदिरामुक्त अभियान सुरु गरिएको मेयर शर्माले जानकारी दिए । 

आठबिसकोट नगरपालिकाले भने मदिरामुक्त घोषणा गर्ने वडालाई २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । मदिरा निषेध गर्ने वडालाई २५ हजार नगदसहित पुरस्कृत गरिने नगर प्रमुख गोर्खबहादुर केसीले बताए । यसअघि नगरपालिकाले फागुन मसान्तसम्म १४ वटै वडा र चैत १ गते नगरलाई नै मदिरामुक्त घोषणा गर्ने तयारी गरेको थियो । तर, घोषणाअनुसार काम नहुँदा अहिलेसम्म तीन वडा मात्र मदिरामुक्त क्षेत्र घोषित भएका छन् ।