१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ३ मंगलबार ०८:३०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ललितपुर महानगरपालिकामा चिरिबाबुको अग्रता कायमै, ६ वडाको मतगणना सकियो 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार ०८:३०:००

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म १२ हजार चार सय २० मत गणना भएको छ ।

जसमा महर्जनले सात हजार चार सय ९६ मत ल्याएका छन् । मेयरका अर्का प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले तीन हजार दुई सय ५२ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा भने एमाले उम्मेदवार मञ्जली शाक्य अगाडि छिन् ।

उनले तीन हजार आठ सय ४७ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराम बज्राचार्यले दुई हजार तीन सय ५४ मत ल्याएका छन् ।  ललितपुरमा अहिलेसम्म १, २, ३, ४, ५ र ६ वडामा मतगणना भइसकेको छ ।

जसमा १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । २ मा एकीकृत समाजवादीका राजेश महर्जन, ३ मा एकीकृत समाजवादीकै श्रीगोपाल महर्जन, ४ मा कांग्रेसका सन्तोष खड्का, ५ मा एमालेका विकासमान श्रेष्ठ र ६ मा कांग्रेसका रूपेन्द्र शाक्य विजयी भएका छन् ।