१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ २ सोमबार १९:१६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाल्पाको निस्दीमा गठबन्धनविरुद्ध एमालेको ‘क्लिन स्विप’

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १९:१६:००

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो । एमालेका मुक्तबहादुर सारू ६ हजार ६ सय ५२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

सारुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित निर्वाचित भइन् । उनको प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा निस्दीको वडा नं. १ र ७ मा कांग्रेस र बाँकी वडामा एमालेले विजयी हासिल गरेको थियो । यसपटक भने सबै वडामा एमाले प्यानलसहित विजयी भएको हो ।

गाउँपालिकाको वडा नं. १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मा मुक्तबहादुरको प्यानल विजयी भएको हो । यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेले ‘क्लिन स्विप’ गरिसकेको छ ।