१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ०६:३०:००
Read Time : < 1 मिनेट
समाचार

ज्येष्ठता र कार्यरत क्षेत्रका आधारमा प्रहरीको समायोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार ०६:३०:००

दुई ग्रेड बढुवा हुने

ज्येष्ठता र कार्यरत क्षेत्रलाई प्राथमिकताका राखेर नेपाल प्रहरीको समायोजन हुुने भएको छ । सरकारले प्रहरीको समायोजनसम्बन्धी ऐनको विधेयक मंगलबार संसद्मा दर्ता गराएको छ । विधेयकमा समायोजनका ६ आधार तय गरिएको छ । जसमा कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोवासको ठेगाना, नागरिकतामा उल्लिखित ठेगाना, उमेरको ज्येष्ठतालाई प्रमुुख आधार तोकिएको छ ।

त्यसका साथै श्रीमान्–श्रीमतीलाई सम्भव भएसम्म एकै प्रदेशमा समायोजन गरिने उल्लेख छ । सोही आधारमा कुुन प्रहरी कुुन प्रदेशमा समायोजन हुुने गृह मन्त्रालयले निर्णय गर्ने छ । प्रदेशमा समायोजन भइसकेका प्रहरी अन्य प्रदेशमा सरुवा हुुन पाउनेछैनन् ।

समायोजन भएको १५ दिनभित्र कार्यक्षेत्रमा नगएमा अवकाश दिइने विधेयकमा उल्लेख छ । अवकाश दिइए पनि उनीहरूले सुुविधा भने पाउनेछन् । नेपाल प्रहरी र प्रदेश प्रहरीको दरबन्दीको टुुंगो लगाउन गृहसचिवको अध्यक्षतामा एक संगठन तथा व्यवस्थापन समिति गठन हुुनेछ । समायोजन हुुने सबै प्रहरीलाई दुुई ग्रेड बढुुवा गर्ने प्रस्ताव गरिएको छ । समायोजन गर्दा उनले खाइपाई आएको तलबभन्दा कम भएमा ग्रेड थप गरी तलब मिलान गर्ने प्रावधान छ ।