१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १ आइतबार २१:५६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुढाथोकी, उपाध्यक्षमा एमालेका रावत विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार २१:५६:००

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ। ४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत प्राप्त गरेका छन् भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत प्राप्त गरेका हुन्। 

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी बनेका छन्। रावतले ४ हजार १ सय ४३ मत प्राप्त गरेका छन् भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका रावत उपाध्यक्षमा विजयी भएका हुन्।