मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका 
२०७५ फाल्गुण ३० बिहीबार २१:४६:००
Read Time : > 1 मिनेट
समाचार

छुवाछुत अन्त्यका लागि करिव १३ सय किलोमिटर पदयात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण ३० बिहीबार २१:४६:००

जातीय छुवाछुतविरुद्ध आवाज उठाउने सामाजिक अभियान्ता अशोक दर्नाल र होमराज आर्चायले महाकालीदेखि मेचीसम्म १३ सय २१ किलोमिटर पदयात्रा गर्ने भएका छन् । उनीहरुले चैत २ गतेदेखि पदयात्रा सुरु गरी ४५  दिनभित्र ६२ जिल्ला पुग्ने लक्ष्य लिएका छन् । 

पदयात्रीहरुले ‘नेपाल पदयात्रा २०७५’ एउटा जातीय विभेद तथा छुवाछुत व्यवहारिक रुपमा आममानिसलाई उत्प्रेरित गर्ने उद्देश्यले यात्रा गर्न लागेको बताएका छन् । महेन्द्रराजमार्गलाई केन्द्र बनाएर यात्रा हुने उनीहरुले पत्रकारलाई जानकारी गराएका हुन् ।

पैदालयात्राको उद्देश्य

पदयात्राका क्रममा दर्नाल र आर्चायले करिब चार सय जातीय विभेद र छुवाछुतको वर्तामान अवस्था तथा प्रभावको विषयमा अन्तरक्रिया गर्ने छन् । अन्तरक्रिया कार्यक्रम कलेज, स्थानीय निकाय तथा जनप्रतिनिधि, स्थानिय वासिन्दा र सरोकारवालहरुसँग  हुने जानकारी गराएका छन् । 

उनीहरुले पदयात्राको क्रममा  सबै प्रकारका विभेद र छुवाछुत अन्त्यसम्बन्धि योजना कार्यान्वयन स्थानीयहरुलाई अपिल गरिने बताए ।
 
पदयात्राको तयारी 

पदयात्रीहरुले अभियानको पूर्व तयारीमा विगत ३ महिनादेखि दैनिक ४ देखि ६ घन्टा हिड्दै आएका छन् । उनीहरुले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य अवस्था सामान्य रहेको प्रमाणपत्र लिइसकेका छन् । अभियान्ताहरु प्दयात्राको क्रममा बाँके जिल्ला अस्पताल, लुम्बिनी अञ्चल अस्पताल बुटवल, हेटौँडा र बिराटनगरका अस्पतालमा  स्वास्थ्य परीक्षण गर्ने छन् ।

अभियानमा अर्थिक व्यस्थापनका लागि करिब सात लाख खर्च हुने उनीहरुको अनुमान छ । पदैल यात्री दर्नालले भने, “हामीले नितान्त व्यक्तिगत खर्चमा यात्रा गर्न लागेका हौँ । एक जना बराबर साढे ३ लाख खर्च हुने अनुमान गरेका छौँ । बढी खर्च लागे समुदायसँग सहयोग माग्छौँ ।” 

पदयात्रका क्रममा यात्रालाई व्यवस्थित र सुरक्षित गर्न  सामान्य प्रशासन र गृह मन्त्रालयलले स्थानीय निकाय र सुरक्षा संयन्त्रलार्ई सहयोग गर्न अग्रह गरेका छन् । साथै यात्रालाई सहजीकरण गर्न गाडीको व्यवस्थापन टोली खटिने भएका छन् । उनीहरुले बस्ने, खाने तथा अन्तरक्रिया गर्ने प्रबन्ध मिलाउने छन् । .

प्रतिवेदन तयार पारिने

अभियान्ताहरुले पदयात्राका क्रममा छुवाछुत तथा जातीय विभेदसम्बन्धि भएका अन्तरक्रिया, छलफललगायत विषयमा प्रतिवेदन तयार पार्ने छन् । त्यस प्रतिवेदनमा थप बहस गर्न जेठ असारमा राष्ट्रिय संवाद डबलीमा कार्यक्रम आयोजन हुनेछ । 

अभियाता आर्चायले भने, “पैदल यात्रापछि पत्ता लगाएको जातीय विभेदको अवस्था र सरोकारवाला निकायसँग भएको तथ्याङ्कको (कागजातका विवरण) अन्तर सर्वाजनिक गर्छौँ ।”