मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ १ आइतबार १५:१४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनुषामा कांग्रेस ५, एमाले २, माओवादी, जसपा, र नेकपा एस एक–एक वडामा निर्वाचित 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ जेठ १ आइतबार १५:१४:००

धनुषामा कांग्रेसले अहिलेसम्म सबभन्दा बढी वडा जितेको छ। अहिलेसम्म विभिन्न पालिकाका नाैवटा वडाको मतपरिणाम सार्वजनिक हुँदासम्म कांग्रेसले  पाँचवटा वडामा विजयी हात पार्न सफल भएको छ। माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पार्टीले एक–एक वडा जितेका छन् भने एमालेले दुईवटा वडामा विजयी भएका छन्। 

कांग्रेसले जनकपुरधाम उपमहनगरपालिकाको वडा नम्बर १ मा देवु यादव, २ मा शिवु साह विजयी भएका छन् । 

साहअघि पनि स्वतन्त्रबाट सोही वडाका वडाध्यक्षमा निर्वाचित भएका थिए। यो दोस्रो कार्यकालकf लागि उनी निर्वाचित भएका हुन्। बटेश्वर गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा कांग्रेसकै वडाध्यक्ष पदका उम्मेदवार जोगी महतो र नगराइन नगरपालिका वडा १ मा कांग्रेसकै उम्मेदवार सीताराम महतो चुनाव जितेका छन्। 

एमालेले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर  १ मा दिलीपकुमार यादव र २ मा एमालेकै उम्मेदवार लालजी यादव विजयी भएका छन् भने  नेकपा एकीकृत समाजवादीका उम्मेदवार जनकनन्दनी गाउँपालिका वडा नम्बर १ मा विजयी भएका हुन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन्। 

त्यसैगरी, माओवादी केन्द्रले कमला नगरपालिका वडा नम्बर १ मा जित हात पारेको छ। जसपाका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार सर्वदेव यादव विजयी भएका हुन्। जसपाका उम्मेदवार रामदेव कापर धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ मा विजयी भएका हुन् ।