१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण ३० बिहीबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार

बीपी प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार १८:५३:००

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदमुक्त गरिएको छ । 

गत १७ फागुनमा बसेको ४२ औं सिनेट बैठकबाट सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट हटाउन कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई सिफारिस गरेका थिए । सिनेटले निर्णय गरेको दुई हप्ता पछि कुलपति ओलीले २६ फागुनमा नै पदमुक्त गर्ने निर्णय गरेका थिए । 

प्रतिष्ठानमा अनियमितता गरेको, अन्य पदाधिकारीहरुसँग समन्वय नगरेको तथा सहकुलपतिको कुरा समेत पटक पटक अवज्ञा गरेको आरोपमा सिनेटले उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । प्रतिष्ठानको इतिहासमा अनियमितताको आरोपमा बर्खास्त हुने उनी पहिलो उपकुलपति हुन् । अन्य उपकुलपतिलाई अनियमितताको आरोप लागे पनि बर्खास्तमा भने परेका थिएनन् । 

सिनेट बैठकको निर्णय कार्यान्वयनका लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने प्रावधान छ । स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले सिनेट बैठकले गरेको सिफारिस अनुसार २६ फागुनमा प्रधानमन्त्री ओलीले हटाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले बिहीबार मात्र पदमुक्त गरेको निर्णयको जानकारी दिएको छ । स्वास्थ्यमन्त्रीले रौनियारलाई आधिकारिक पत्र दिएपछि उनी पदमुक्त हुने छन् ।