मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल
२०७५ फाल्गुण ३० बिहीबार १८:३८:००
Read Time : < 1 मिनेट
प्रवास

युएईमा बन्धक नेपाली युवतीको उद्दार

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ फाल्गुण ३० बिहीबार १८:३८:००

युएईस्थित नेपाली दुतावासको पहलमा युएईको अलऐनबाट एक नेपाली युवतीलाई उद्दार गरिएको छ ।  

८ महिनादेखि युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा बन्धक बनाएर राखिएकी हरिवन, ५ सर्लाहीकी अस्मिता (बजु) तामाङलाई बुधबार राति स्थानीय प्रहरीको सहयोगमा उद्दार गरिएको हो । उनीसँगै भारत, श्रीलंका र इन्डोनेसियाका ७ महिलाको उद्दार गरिएको थियो ।

१० महिना पहिले नातेदार मार्फत भिजिट भिषामा भारत हँुदै युएई आएकी २० वर्षीय तामाङलाई युएईका लागि नेपाली एजेण्ट जोन तामाङले घरेलु कामदारको रुपमा ओमन पुर्याएका थिए । कामको शिलशिलामा दाइने हातमा चोट लागेर काम गर्न नसक्ने भएपछि उनलाई युएईको अलऐनस्थित अलिहार हाउसमेड कम्पनीमा ८ महिना देखि बन्धक बनाएर राखिएको थियो ।
उद्दार लगतै नेपाली दुतावास युएईको रहोबरमा उनलाई अलऐन अस्पताल लगिएको थियो । समान्य उपचार पश्चात अहिले उनलाई दुतावासको महिला सेल्टरमा राखिएको छ ।