मुलुकलाई द्वन्द्वबाट जोगाउन विप्लव समूहलाई प्रतिबन्ध : मन्त्री खनाल 

२०७५ फाल्गुण ३० बिहीबार १८:२२:०० | सुर्खेत

कृषि तथा पशुपन्छी विकास मन्त्री चन्द्रदेव खनालले देशमा द्वन्द्व हुन नदिन विप्लव नेतृत्वको नेकपाका गतिविधीमा प्रतिबन्ध लगाउनु परेको बताएका छन् । 

बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रेस चौतारी तथा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले थालेको समृद्धिको अभियानमा विप्लव समूह बाधक बन्न खोजेकाले उसका गतिविधी नियन्त्रण गर्नु परेको उनको दाबी छ । 

‘विप्लव समूहका हिंसात्मक गतिविधीले मुलुकले लिएको समृद्धिको अभियानलाई राक्ने खोजेपछि उसका गतिविधीमा प्रतिबन्ध लगाउनु परेको हो’ उनले भने । विप्लव समूहले तत्कालिन माओवादी लडाकू शिविरबाट हतियार लिएको समेत उनले दाबी गरे । 
उनले अबको १० बर्षमा नेपाललाई पूर्ण रुपमा प्राङ्गारिक बनाइने र त्यसका लागि कर्णालीबाट सुरु गरिएको बताए । कर्णाली प्रदेशले प्राङ्गारिक विधेयक बनाई सकेकोले त्यसको आधारमा देशलाई अर्गानिक बनाउने गरी काम गरिने उनको भनाई छ ।
 

प्रतिकृया दिनुहोस