१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ १ आइतबार ०६:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धरानमा गठबन्धनका उम्मेदवार अगाडि,  २ नम्बर वडाध्यक्षमा  एमालेका  राई विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ०६:३४:००

धरान उपमहानगरपालिकामा ३५ सय मत गणना गर्दा मेयरमा गठबन्धनका किशोर राई अग्रस्थानमा छन् ।पछिल्लो मत परिणामअनुसार राईले १ हजार ३ तीन सय ४० प्राप्त गरेका छन् ।  स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९ सय २२ प्राप्त गरेका छन् । नेकपा एमालेकी मञ्जु भण्डारीले ७ सय ६ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा माओवादीका आइन्द्रविक्रम बेघाले १ हजार ४ सय २९ र एमालेका पदम लिम्बूले ८ सय ४४ मत प्राप्त गरेका छन् ।  वडानम्बर १, २ र ३ क मतगणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ ।यस्तै, धरान उपमहानगरपालिका– २ को वडाध्यक्षमा एमालेका उम्मेदवार  रमेश राई विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार उनले ६ सय ९५  मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका सुधिरसिंह लिम्बूले ६ सय २३ मत प्राप्त गरे । अन्य सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नम्बर वडामा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।