मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट
२०७५ फाल्गुण ३० बिहीबार १६:०३:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला हत्याप्रकरण : प्रहरी अधिकृतसहित ६ जनासँग धरौटी माग

पूर्व डिएसपी सेठी र निरीक्षक खड्काको धरौटी रकम जनही ९ लाख

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ फाल्गुण ३० बिहीबार १६:०३:००

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको अभियाेगमा कञ्चनपुर जिल्ला अदालतले अभियुक्त तत्कालिन प्रहरी अधिकृतहरूसँग लाखौँ धरौटी रकम माग गर्ने अादेश दिएको छ । 

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले बिहीबार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो ।

आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि जनही ९ लाख रुपैयाँ धराैटी माग गर्ने आदेश दिएको हो ।
सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख ५० हजार रुपैयाँ माग गर्ने आदेश दिएको हो । पूर्व प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई भने आदालतले यस अघि नै अदालतमा हाजिर हुन पत्र काटिसकेको थियो । उनीहरुको हकमा कुनै आदेश जारी गरेको छैन । 

४ भदौँमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्टका दाजु खड्क सिंह विष्टले कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का बिरुद्ध यातना कसुर सम्बन्धी मुद्दा दायर गरेका थिए । उनीहरुले आजै पाँच बजेभित्र धरौटी जम्मा गर्न नसके जेल चलान गरिने छ । धरौटी जम्मा गरेपछि मात्र थुनामुक्त हुनेछन् ।