मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार २१:०८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बिर्तामोडमा मतगणना प्रभावित

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार २१:०८:००

बिर्तामोड नगरपालिकाको मतगणना प्रभावित भएको छ । मतगणनामा खटिएका कर्मचारी नगरपालिकाकै भएको भन्दै केही प्रतिनिधिले अरू कर्मचारी ल्याउन भनेपछि मतगणना रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । 

यद्यपि नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले निर्वाचन कार्यालय झापाका प्रमुखको गाडीमा हस्ताक्षरसहितको नमुना मतपत्र भेटिएकाले अवरोध भएको बताए । ‘नमुना मतपत्रमा कसरी हस्ताक्षर भयो । हामीलाई शंका छ । त्यसकारण मतदान प्रभावित भएको हो,’ उनले भने ।

यद्यपि जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जिल्लामा नमुना मतदान गर्दा हस्ताक्षर भएको मतपत्र गाडीमा रहेको बताए । ‘म मतगणनालाई चुस्त बनाउन अनुगमनका लागि निस्किएको थिएँ । नमुना मतदान गर्दा हस्ताक्षर गरेको मतपत्र मेरो गाडीमा रहेछ । साथीहरूले त्यसलाई इस्यू बनाउनुभयो,’ उनले भने, ‘गाडीमा डुंगामुडा पनि भयो । 

गाडी तोडफोड पनि भयो ।’ यद्यपि उनले मतगणना प्रभावित त्यही कारण नभएको बताए । नगरपालिकाका कर्मचारीले मतगणना नगर्नुपर्ने माग राखेर प्रभावित भएको उनको भनाइ छ । बाहिरबाट कर्मचारी  मगाएर मतगणनाको तयारी भइरहेको उनले बताए । मतगणना स्थगित नभई प्रभावित मात्र भएको उनको भनाइ छ ।