मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ बैशाख ३१ शनिबार १५:११:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १५:११:००

वीरगन्ज महानगरपालिकाको मतगणना  सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो।  वीरगन्ज महानगरपालिका १४ पिपरास्थित रहेको नृसिंह माविको ब्लक (सी) मा मतगणना सुरु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १,२ ,३१ र ३२ को मतपेटिका खुलेको छ । 

वीरगन्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको हो। यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।