हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ बिजयी भएका छन।
कांग्रेसका गुरुङ ८ सय २० मत ल्याएर बिजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत ल्याएका छ्न्। गठबन्धन उम्मेदवार माओवादी केन्द्रका बेदबहादुर गुरुङले उपाध्यक्षमा ९ सय १३ मत ल्याएका छन्।
एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन्। मनाङको नासो १ मा एमालेका मिनराशी गुरुङ १६४ मतका साथ निर्वाचित भएका छन्। प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङ ६७ मत ल्याएका छन्।
वडा २ मा एमालेका रवी गुरुङ १०० मत ल्याएर विजयी भएका छन्। कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन्। वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन्। एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन्। वडा ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ यसअघि नै निर्विरोध, वडा ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन्।
वडा नम्बर ८ मा कांग्रेसका याद घले बिजयी भएका छ्न्। उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार लिला बहादुर घलेले ७८ मत ल्याएका छ्न्। यस्तै नासो गाउँपालिका ९ को वडाध्यक्षमा ६७ मत ल्याएर एमालेका मिङमा छिरिङ बिस्ट बिजयी भएका छ्न् भने कांग्रेसका साङ्गे वाङ्चुक लामाले ५३ मत ल्याएका छ्न्।
मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ प्रतिशत मत खसेको थियो।
मनाङको नासो गाउपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो। ०७४ को निर्बाचनमा पनि कांग्रेसले उक्त गाउँपालिका जितेको थियो। मनाङको ४ वटै गाउँपालिकाको मतपरिणाम आइसकेको छ जसमा दुई गाउँपालिका चामे र मनाङ ङिस्याङको प्रमुख एमालेले जितेको छ। मनाङको नासो गाउपालिका र नार्पभुमी गाउँपालिका प्रमुख काग्रेसले जितेको छ।