जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर मावि मतदानस्थलमा बैशाख ३० गते स्थगित भएको स्थानीय तहको निर्वाचन १ जेठमा हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार शुक्रबार बेलुका मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो।
मतदानस्थलमा ढुंगामुढा र हुलमुल भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो। स्थगित हुनुअघि एक हजार ७ मतमध्ये ३२० मत खसेको थियो।
मतदान स्थलमा ढुंगामुडा भएर मतदाता भागदौड गर्दा मतदाना नामावली र मतपत्र नै च्यातिएपछि मतदान कार्य स्थगित गर्नु परेको मुख्य निर्वाचन अधिकृत सिंहले बताए । मतदानस्थल घेराबार नभएको र जोसुकै व्यक्ति सहजै प्रवेश गर्ने खालको भौतिक संरचना भएकाले यस्तो समस्या आएको उनले बताएका छन्।