मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ३० शुक्रबार २२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङका तीन पालिकामा मतगणना सुरु

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार २२:०६:००

हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो  । 

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकबार राति नै हुने बताए ।मनाङको विकट नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु गरिएको  हो । 

नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमतिअनुसार अघि बढ्ने निर्णय  भएको छ ।  कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ अर्थात् कुल मतको ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।