१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलाकाे ग्वानीमा झडप, प्रहरीद्वारा पाँच राउन्ड हवाइफायर

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १४:१२:००

दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को पशुपति भवन माविमा झडप भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको हो । मतदान गर्ने विषयमा मतदाताबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ ।  प्रहरीले मतपेटिका र कर्मचारी सुरक्षित राखेको जनाएको छ । अहिले झडप नियन्त्रणमा आएको विष्टले बताए । विवाद समाधान गरि मतदान गराउने विषयमा छलफल भइरहेको छ ।