मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३० शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दोलखाको बैतेश्वर गाउँपालिकामा झडप, प्रहरीद्वारा हवाई फायर

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १०:५६:००

दोलखाको  बैत्यश्वर गाउँपालिकाको दुईवटा  मतदान केन्द्रमा झडप भएपछि प्रहरीले गोली चलाएको छ। जिल्लाको बैतेश्वरस्थित वडा नम्बर १ र २ का मतदान केन्द्रमा झडप भएको हो।  

स्थानीय तह निर्वाचनका क्रममा दुईपक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाई फायर गरेको जानकारी दिए। 

झडप नियन्त्रण गर्न दुई राउन्ड हवाई फायर भएको र अहिले पुनः मतदान सुरु भइसकेको उनले बताए। यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले  बताए। बैतेश्वर ३ मा समेत केहीबेर अघि झडप भएको र अहिले स्थिति नियन्त्रणमा आएको दोलखा प्रशासनले जनाएको छ।