मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २८ बुधबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनको दिन मनाङमा बाह्य पर्यटक घुम्न पाउने

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार १९:११:००

हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने  स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । 

आचार्यले भने, ‘नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समस्या नहोस् भनेर प्रवेश खुला गरिएको हो । तर, निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइए पनि  पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिन पनि प्रवेश पाउनेछन् ।’
 
पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमति-पत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने आचार्यले बताए । उनले भने, ‘पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउनेछन् ।’ पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । 

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिन आन्तरिक तथा बाह्य पर्यटकहरूले ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्दा जीवनको प्रतिष्ठासमेत ठान्ने गरेका छन् ।