मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०६:०४:००

नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । पौड्यालले बैंकमा लामो समय सञ्चालक समितिमा रही गरेको योगदानको सम्मानस्वरूप बैंकले छात्रवृत्ति सुरु गरेको हो । 

पौड्याल कर्मचारीहरूको हित र विकासका निम्ति लागिपर्ने गरेको सम्झनास्वरूप कर्मचारीका परिवारलाई छात्रवृत्ति सुरु गरेको बैंकले जनाएको छ । कर्मचारीका परिवारलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको जनाइएको छ ।

छात्रवृत्तिका लागि प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीले राष्ट्रिय परीक्षाबोर्डको प्लस टू तहमा उत्कृष्ट नतिजा ल्याउने मिहिनेती तथा जेहेनदार सन्तानहरूका नाम मनोनयन गर्न सक्ने जनाइएको छ । मनोनीत कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने दुईजना छात्र र दुईजना छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम प्रत्येक छात्र वा छात्राका लागि ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।

 बैंकले आर्थिक वर्ष ०७७/७८ का लागि उनिका खनाल, दीपसन भट्टराई र मुकुल अर्याल छानिएको जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले तीनै विजेतालाई छात्रवृत्तिको रकमसहित प्रशंसापत्र हस्तान्तरण गरेको उल्लेख छ । छात्रवृत्ति हस्तान्तरणपछि अध्यक्ष पौड्यालले स्व. शम्भुप्रसाद पौड्यालले बैंकलाई पुर्‍याएको लामो योगदानको प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले दशकौँदेखि नबिल बैंक र नबिलियनको वृद्धि र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।