मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ फाल्गुण ३० बिहीबार १०:५५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मार्सी चामलका विशेषता

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार १०:५५:००

मार्सी सीमित मात्रामा उत्पादन हुने जुम्लाको स्थानीय जातको धान हो । यो धान समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइको क्षेत्रमा उत्पादन हुने गर्छ । यसै धानबाट मार्सी चामल बन्छ । यसको रङ प्रायः रातो वा खैरो हुन्छ ।

केही तथ्य
 मार्सी चामलको उत्पादनबारे इतिहासमा विभिन्न किंवदन्ती पाइने गरेका छन् । करिब सातसय वर्षअघि जुम्लामा धान उत्पादन हुन छोडेपछि बाबा चन्दननाथले भारतको कस्मिरबाट आफ्नो पगरीमा राखेर मार्सी चामलको बिउ ल्याएका थिए । 

 जुम्लामा मार्सी धानको बिउ राख्ने र ब्याड बनाएर छर्ने काम निश्चित समयमा पहिलादेखि नै खेती गरिँदै आएको पाइन्छ । जुम्लाको सदरमुकाम खलंगा वरपर र सिंजा क्षेत्रमा मार्सी धान रोप्ने समयमा विसुवा पर्व मनाउने चलनसमेत छ । 

 राणा शासनकालमा केन्द्रमा रहेका शासकहरूलाई जुम्लाबाट प्रत्येक दिन एक माना चामल हुलाकीमार्फत काठमाडांै ल्याइने गरिन्थ्यो । पछि गएर यो विस्तारै कम व्यवसायिक भयो र महत्व पनि घट्दै गएको पाइन्छ । 

अहिले बजारमा मार्सी चामलको माग बढ्दो पाइन्छ । यसले गर्दा यो पुनः व्यावसायिक हुँदै छ । बिक्री–वितरणसमेत ह्वात्तै बढेको छ । काठमाडौंका प्रायः ठाउँमा यो चामल किन्न सकिन्छ । यसको मूल्य प्रतिकेजी दुई सय ५० छ ।

विशेषता
- मार्सी धान उत्पादन गर्न किसानहरूलाई झन्डै आठ महिना लाग्छ । पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले मार्सी चामल स्वास्थ्यका लागि निकै उपयोगी छ । 
- मार्सी चामलमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरमा चिनी र रक्तचापलाई नियन्त्रण गर्छ ।  मधुमेह र उच्च रक्तचापका बिरामीका लागि यसको सेवन एकदमै प्रभावकारी हुन्छ । 
- मार्सीमा चामलमा भन्दा बढी आइरन, स्टार्च  र सेलेनियमको मात्रा हुन्छ । त्यस्तै अरूको तुलनामा लस्सेदार र स्वादिस्ट पनि हुन्छ ।