मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण ३० बिहीबार १०:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सन्दर्भ : विश्व मिर्गौला दिवस, यसरी स्वस्थ राख्ने मिर्गौला

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार १०:०५:००

विश्वका प्रायः देशमा कुल जनसंख्याको करिब १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित हुने गरेको पाइएको छ । यसका आधारमा विश्लेषण गर्दा नेपालमा कम्तीमा तीन लाख व्यक्तिमा कुनै न कुनै प्रकारको मृर्गौलासम्बन्धी समस्या रहेको सम्बन्धित चिकित्सकहरू बताउँछन् । यीमध्ये तीन लाख व्यक्तिको मिर्गौला जोखिम रहेको अवस्था छ । त्यस्ते, तीस हजार व्यक्ति यस रोगको अन्तिम चरणमा पुगी बाँच्नको लागि डायलाइसिस वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका छन् ।

के काम गर्छ मिर्गौलाले ?
मिर्गौलाले हाम्रो शरीरमा भएको दूषित पदार्थ तथा रगतमा जम्मा भएको बढी पानी शरीर बाहिर फाल्छ । यो बाहेक यसले रक्तचाप सन्तुलनमा राखी रगत बनाउन र हाडलाई स्वस्थ राख्न सहयोग पु-याउँछ ।

लक्षण
- मिर्गौला रोगको सुरुवाती चरणमा कुनै लक्षण हुँदैन । करिब ८० प्रतिशत  मृर्गौला बिग्रेपछि मात्र यसको लक्षण थाहा हुन्छ । यसलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ । अन्य लक्षण यस्ता छन् ।
- सास फेर्न अप्ठ्यारो हुने, शरीरका विभिन्न अंग सुन्निने, खानमा रुचि नहुने तथा वाकवाकी लाग्ने, छाला सुक्खा हुने, पिसाब कम हुने, धमिलो गन्हाउने, फिँज हुने वा रगत मिसिएको हुने ।

जसलाई जोखिम

महिला तथा बालबालिका
गर्भावस्थामा आमाले पोषिलो खानेकुरा कतिको खाएको र  कस्ता क्रियाकलाप गरेको भन्ने कुरा गर्भमा रहेको शिशुको मृर्गौलाले भविष्य निर्माण गर्छ । आइरन र फोलिक एसिडबाहेक जथाभाबी औषधिको सेवन गर्नु हुँदैन । कोही बच्चा जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्  बच्चाको मृगौला बिगार्ने मुख्य कारण पिसाब बन्द भइराख्नु तथा पिसाब फेर्दा समस्या हुनु हो । गर्भवती अवस्थामा मृर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो हुन्छ ।

विशेषगरी, वैदेशिक रोजगारीका लागि खाडीमुलुक गएका युवा मिर्गौलासम्बन्धी  समस्याको जोखिममा रहेको पाइएको छ  

वैदैशिक रोजगारीमा गएका 
विशेषगरी, वैदेशिक रोजगारीका लागि खाडीमुलुक गएका युवा मिर्गौलासम्बन्धी  समस्याको जोखिममा रहेको पाइएको छ । पछिल्लो समय उनीहरू मिर्गौला बिग्रिएकै कारण  दैनिक रूपमा नेपाल फर्किरहेका छन् । खाडीको चर्को तापक्रममा काम गर्नु, आरामको कमी हुनु, शक्तिबद्र्धक पेय पदार्थको बढ्दो प्रयोग, पानी नपिउने बानी र अत्यधिक मात्रामा पेन किलरको सेवनका कारण कलिला युवाको मिर्गौला बिग्रेको पाइएको छ । 

स्वस्थ राख्न 
- हरेक व्यक्तिले कम्तीमा वर्षको एकपटक रगतमा क्रियाटिनिन र पिसाबमा अल्वुमिनको जाँच गर्नुपर्छ । यो जाँच गर्न सुविधा सम्पन्न अस्पताल धाइरहनु पर्दैन । नेपालभर उपलब्ध भएका प्रायः ल्याबमा यो जाँच सरल मूल्यमा हुन्छ । मृर्गौला स्वस्थ राख्न यस्तो गर्ने :
- दैनिक करिब दुई लिटर पिसाब हुनेगरी पानी तथा झोल पदार्थ पिउने ।
- रक्तचाप र मधुमेहलाई सन्तुलनमा राख्ने ।
- चिकित्सकको परामर्शविना बजारमा जथाभाबी पाइने दुखाइ कम गर्ने औषधि सेवन नगर्ने ।
- आफ्नो उचाइअनुसारको तौल कायम राख्ने ।
- नियमित रूपमा व्यायम गर्ने । विशेषगरी, बेलुका खाना खाएको १५ मिनेट पछाडि करिब आधाघण्टा हिँड्ने ।
- धूम्रपान नगर्ने । सधैँ स्वस्थ जीवनशैली अपनाउने ।