मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार १०:५१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पिँडालु खानुका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार १०:५१:००

पिँडालु एक कन्दमूल हो । यो रेसेदार खानेकुरा हो, जसलाई भान्सामा विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ । माघेसंक्रान्ति पर्वका दिन यसलाई विशेष खान्कीको रूपमा समेत लिन्छ ।

- पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ । यसलाई पौष्टिक  र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ । 
- पिँडालु फाइबरको राम्रो स्रोत हो । यसबाहेक, पिँडालुमा म्यागनिज, भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ । यी तत्व हाम्रो शरीरका  लागि लागि निकै उपयोगी छन् । 
- पिँडालुले रगतमा सुगरको माात्रालाई नियन्त्रण गर्छ । पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले डायबिटिजका बिरामीका लाभदायी हुन्छ । 
- पिँडालुमा फाइबर पनि पाइन्छ । एक अध्ययनअनुसार, यदि प्रत्येक दिन १० ग्राम फाइबर लिन होे भने मुटुसम्बन्धी रोग १७ प्रतिशतले घटाउन सकिन्छ । यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मानिसमा मुटुरोगको जोखिम कम हुन्छ । 
- पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ । 
- पिँडालु खाएमा भोक मर्छ । यसमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ । साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ । त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ ।