१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख २३ शुक्रबार १७:०७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काभ्रे पुगेर लिङ्देनले भने - हलोमा छाप, भ्रष्टाचारीको पत्तासाफ 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २३ शुक्रबार १७:०७:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीको पत्तासाफ बनाउन हलोमा छाप लगाउनुपर्ने बताएका छन् । शुक्रबार राप्रपा काभ्रेले आयोजना गरेको आमसभालाई सम्बाेधन  गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा हलोमा छाप हानेर राप्रपाका उम्मेदवारहरूलाई जिताएमा भ्रष्टाचारीको पत्तासाफ गर्ने लिङ्देनले बताए । ‘हलोमा छाप, भ्रष्टाचारीलाई पत्तासाफ,’ उनले भने, ‘हामीले उठाएका उम्मेदवारहरू फ्रेस छन्, इमान्दार छन् त्यसकारण हाम्रा उम्मेदवारहरूले जिते भने भ्रष्टाचारीको पत्तासाफ हुनेछ ।’

 कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई मतदाताले सबक सिकाउनुपर्ने उनले बताए । ‘यतिवेला कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई तपाईंहरूले सबक सिकाउने वेला आएको छ,’ उनले भने, ‘नेताहरूलाई सबक सिकाउनका लागि उनीहरूको ढ्वाङ खाली बनाएर पठाउनुस् अनि सच्चिनेछन् ।’