१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रतिकात्मक तस्बिर ।
२०७९ बैशाख २३ शुक्रबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सातादेखि जुम्लाको हिमामा टेलिफोन सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ बैशाख २३ शुक्रबार १३:४४:००

जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। टावरको हर्न चोरी भएको देखिन्छ।

टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौंबाट मगाइएको छ। हर्न काठमाडौंबाट नेपालगन्ज आइपुगेको र अब जहाजमा जुम्ला ल्याइने श्रेष्ठले बताए।

निर्वाचनको समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदानमा सकस भएको छ। टेलिफोन अवरुद्ध हुँदा सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेताहरूले बताएका छन्। टेलिफोन सेवा नहुँदा दैनिक कामकाज गर्नसमेत समस्या भएको स्थानीयको गुनासो छ।