मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइजिपी नियुक्तिविरुद्धको  रिटमा बिहीबार आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०८:३९:००

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार निर्णय हुने भएको छ ।  एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ ।  

बुधबार पहिलो पेसी भए पनि पक्ष र विपक्ष दुवै सर्वोच्च पुगेका थिए । सामान्यतया बढी विवादित वा दुवै पक्षको भनाइ सुनेर मात्र अन्तरिम आदेशबारे इजलासबाट निर्णय गरिन्छ । तर दुवै पक्ष बुधबार नै उपस्थित भएपछि उनीहरूको बहस सुनेर एकल इजलासले अन्तरिम आदेशबारे निर्णय गर्ने देखिएको छ । 

बुधबार एआइजी पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव, सतिशकृष्ण खरेल,  पूर्णमान शाक्यका साथै अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए । आइजिपी नियुक्तिको निर्णय बदर गरी एआइजी पोखरेललाई उक्त पदमा नियुक्त गर्नुपर्ने उनीहरूको माग थियो ।

त्यस्तै, प्रतिवादी बनाइएका आइजिपी धीरजप्रताप सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तका साथै अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्य र केदार दाहालले बहस गरेका थिए । सरकारी पक्षले पनि आफ्नो कुरा इजलासमा राखेको थियो । 

सशस्त्रको एआइजीमा पौडेल 
सशस्त्र प्रहरी बलमा रिक्त रहेका अतिरिक्त महानिरीक्षक (एआइजी)का दुई पदमध्ये एकमा वरीयतामा पहिलो नम्बरमा रहेका डिआइजी नारायणदत्त पौडेलको बढुवा सिफारिस भएको छ । गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले उनको बढुवा सिफारिस गरेको हो ।