प्रेमकहानी निर्माण घोषणा 

२०७५ फाल्गुण ३० बिहीबार ०८:४१:०० | काठमाडौं

‘प्रेमकहानी’ नामक फिल्म निर्माण हुने भएको छ । ‘रुमालै छ चिनो’ फिल्मका निर्माता चन्द्रबहादुर खड्काले सोही फिल्मका निर्देशक दिनेशसिंह ठकुरीलाई निर्देशनको जिम्मा दिएर ‘प्रेमकहानी’ निर्माण घोषणा गरेका हुन् ।

निर्देशक दिनेशको जन्मदिनको अवसर पारेर बुधबार राजधानीमा आयोजित भेटघाट कार्यक्रममा निर्माता खड्काले आफू रुमालै छ चिनोबाट पाएको प्रतिक्रियाबाट अत्यन्तै सन्तुष्ट भएकाले प्रेमकहानी निर्माण थालेको बताए । ‘रुमालै छ चिनो हेरेका दर्शकले अत्यन्तै मन पराए, उहाँहरूकै हौसला र प्रेरणाले तुरुन्तै नयाँ फिल्म निर्माण थालेको हुँ,’ निर्माता खड्काले भने, ‘रुमालै छ चिनोले लगानी उठाएर नाफा कमाइरहेको छ । म प्रेमकहानीपछि पनि लगातार फिल्म बनाउँछु ।’

चन्द्र–सूर्य फिल्मस्को ब्यानरमा बन्ने ‘प्रेमकहानी’का कलाकार तथा प्राविधिकको केही दिनमै टुंगो लाग्ने अनि सुटिङचाहिँ चैत्र तेश्रो साताबाट सुरु हुने निर्देशक दिनेशले जानकारी दिएका छन् ।  

प्रतिकृया दिनुहोस