मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार ०८:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

दुई निर्माता  संघबीच एकीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार ०८:४१:००

नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालबीच एकीकरण भएको छ । आकाश अधिकारी अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघ र नवल खड्का अध्यक्ष रहेको चलचित्र निर्माता संघ नेपालबीच बुधबार नौ बुँदे सहमतिसहित एकीकरण भएको जानकारी नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली फिल्म र निर्माताको सर्वांगीण विकास तथा हितका लागि भन्दै पुरानो निर्माता संघसँग विमति राख्दै नवल खड्काले केही वर्षअघि आफ्नो अध्यक्षतामा चलचित्र निर्माता संघ नेपाल गठन गरेका थिए । नवलको संघले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन, बक्स अफिसको वैज्ञानिक प्रयोग, निर्माताले हलबाट ६० प्रतिशत रकम पाउनुपर्नै लगायतका एजेन्डा राख्दै आएको थियो । नवलको संघले राख्दै आएका एजेन्डा र मागलाई सम्बोधन गर्ने गरी चलचित्र निर्माता संघले सम्झौता गरेको छ । 

सहमतिअनुसार नवल अध्यक्ष रहेको संघ अधिकारी अध्यक्ष रहेको संघमा समाहित भएको छ । जसअनुसार नेपाल चलचित्र निर्माता संघको चैत्र २ मा सम्पन्न हुने १५औँ वार्षिक साधारणसभाअगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिने छ।

त्यसैगरी, नवलको संघले तोकका तीन निर्मातालाई अधिकारीको संघको विधानअनुसार कार्यसमिति सदस्य र अरू दुई निर्मातालाई संघको उपाध्यक्ष पदमा मनोनित गरिने छ । त्यसैगरी, ‘राष्ट्रिय चलचित्र नीति–०७१’ र ‘बक्स अफिस’ कार्वान्वयन गराउने प्रतिबद्धता, निर्माताले हलबाट ६० प्रतिशत सेयर पाउने वातावरण तयार पार्ने, निर्माताले तिर्दै आएको सर्भर शुल्क मिनाहा गराउन पहल गर्नेलगायत सम्झौता भएका छन् ।