१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार ०८:१७:००
Read Time : > 1 मिनेट
सप्तरंग

आमिरको  परिचय बदलेका  ७ भूमिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार ०८:१७:००

बलिउडका सदावहार अभिनेता आमिर खानको जन्म १४ मार्च १९६५ मा मुम्बईमा भएको हो । आमिरका पिता ताहिर हुसैन फिल्म निर्माता थिए । उनका हजुरबुबा नासिर हुसैन पनि फिल्म निर्माता र निर्देशक थिए । आज ५४ वर्ष पूरा गरेका आमिरले ३५ वर्ष त बलिउडमै बिताइसके । उनले अभिनय गरेका ७ फरक भूमिका, जुन दर्शकले सम्झिरहन्छन्ः

फिल्म : अन्दाज अपना (१९९४)
पात्र : अमर 

आमिर खानको फिल्म ‘अन्दाज अपना अपना’ले आज पनि दर्शकले उत्तिकै रुचाउने गर्छन् । फिल्मले सुरुवाती समयमा बक्स अफिसमा खासै कमाल देखाउन सकेको थिएन । तर, विस्तारै फिल्म सुपरहिट भएको थियो । फिल्मले ८० को दशकमा पनि पाँच करोडको व्यापार गरेको थियो । यस फिल्ममा आमिर र सलमान खान एकसाथ देखिएका थिए । 

फिल्म : राजा हिन्दुस्तानी (१९९६)
पात्र : राजा ट्याक्सी ड्राइभर 

आमिर खानको सुपरहिट फिल्ममा ‘राजा हिन्दुस्तानी’ पनि सामेल हुन्छ । फिल्ममा आमिरको नायिका करिश्मा कपुर थिइन् । फिल्ममा दुवैले आफ्नो अभिनयको माध्यमबाट दर्शकको मन जितेका थिए ।  फिल्मको कमाइ ४३ करोडभन्दा ज्यादा थियो ।

फिल्म : रंग दे वसन्ती (२००६)
पात्र : दलजीत र चन्द्रशेखर आजाद

फिल्म ‘रंग दे वसन्ती’मा आमिर खान एकदम फरक लुक्समा देखिएका छन् । यस फिल्ममा आमिरले दलजीत डिजेको भूमिका निभाएका छन् । फिल्मको बीचमा चन्द्रशेखर आजादको पनि भूमिका निभाएका छन् । फिल्मले ९७ करोडको व्यापार गरेका थियो ।

फिल्म : तारे जमिन पर (२००७)
पात्र : टिचर निकुम्भर सर

फिल्म ‘तारे जमिन पर’का निर्देशक तथा निर्माता पनि आमिर खान आफैँ नै थिए । यस फिल्ममा आमिरले एक टिचरको भूमिका निभाएका छन् जो स्पेशल केटाकेटी बच्चालाई सम्झाउँछ र उसलाई प्रमोट पनि गर्छ । फिल्मले ८८ करोडको व्यापार गरेको थियो । 

फिल्म : गजनी (२००८)
पात्र : संजय सिंघानिया 

मिस्ट्री ड्रामा फिल्म ‘गजनी’मा आमिरले अन्य फिल्मभन्दा एकदम फरक भूमिका निभाएर सबैलाई चकित पारे । फिल्ममा आमिर दोहोरो भूमिकामा देखिएका छन् । फिल्ममा आमिर व्यापारी संजय सिंघानिया बनेका छन् जसको पछि ‘सर्ट टर्म मेमोरी लस’ हुन्छ । फिल्मले दुई सय ३२ करोड व्यापार गरेको थियो ।

फिल्म : थ्री इडियटस्  (२००९)
पात्र : रैंचो 

‘थ्री इडियटस्’ फिल्म सुपरडुपर हिट भयो । फिल्मका लागि आमिरले खुब मिहेनत गरेका थिए । आफ्नोभन्दा आधा कम उमेरको देखिनका लागि आमिरले बडी ट्रान्सफर्मेसन गरेका थिए । फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक अवार्ड जित्यो । फिल्ममा आमिरले रैंचो अर्थात् रंछोड दास चांचडको भूमिका निभाएका थिए । 

फिल्म : पिके (२०१४)
पात्र : पिके

‘पिके’ फिल्मबाट आमिर खानले यो प्रमाणित गरिदिए कि स्टारडम पाउन सजिलो कुरा होइन । यस फिल्मबाट आमिरको अभिनयको खुब प्रशंसा भयो । फिल्ममा आमिरले भोजपुरी लवजमा संवाद गरेका छन् ।