मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अनु आचार्य
२०७५ फाल्गुण ३० बिहीबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन परीक्षण सुरु

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ फाल्गुण ३० बिहीबार ०७:४९:००

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन रसुवा जिल्ला अस्पतालमा परीक्षण सुरु भएको छ । दुईजना नर्सलाई यससम्बन्धी तालिम दिएर निःशुल्क परीक्षण सुरु गरिएको हो । 
बुधबार एक कार्यक्रमको आयोजना गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अभियानको सुरुवात गरिएको छ । पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथाम कार्यक्रमअन्तर्गत जाँच सुरु गरिएको जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. नितु झाले बताइन् । ‘जिल्ला अस्पतालका दुईजना नर्सलाई नेपाल क्यान्सर कियर फाउन्डेसन, सातदोबाटोमा एक साता तालिम गराएर हरेक हप्ताको आइतबार जिल्ला अस्पतालमा पाठेघरको निःशुल्क परीक्षण सुरु गरेका छौँ,’ डा. झाले भनिन् । 

यस अभियानअन्तर्गत ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखको परीक्षण गरिनेछ । अहिलेसम्म ३ सय ५९ जना महिलाको परीक्षण गरिएकोमा २९ जनामा क्यान्सरको जोखिम देखिएको उलने बताइन् । त्यसमध्ये दुईजनामा क्यान्सर देखिएको नर्सिङ इन्चार्ज गोमाकुमारी कार्कीले बताइन् । पाठेघरको मुखको परीक्षण गर्दा जोखिम तथा क्यान्सरदेखिका महिलालाई उपचारका लागि नेपाल क्यान्सर केयर फाउन्डेसनमा रिफर गरिएको उनले बताइन् । 
जिल्लामै उपचार गर्न समस्या
पाठेघरको मुखमा क्यान्सरको सम्भावित जोखिम भएका महिलाको जिल्ला अस्पतालमै उपचार गर्न उपकरण नहुँदा समस्या भएको जनाएको छ । यसका लागि आवश्यक क्रियोथेरापी मेसिन नहुदाँ समस्या भएको कार्कीले बताइन् । ‘पाठेघरको सम्भावित जोखिम तथा क्यान्सर भएका व्यक्तिको थप पहिचान र जिल्लामै उपचार गराउन मेसिन नहुँदा समस्या भएको छ । मेसिन भयो भने जिल्लामै उपचार गर्न सकिन्छ,’ उनले भनिन् ।