मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १८ आइतबार ०९:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकलाई नेसनल  एचआर एक्सेलेन्स अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १८ आइतबार ०९:३०:००

नबिल बैंकले नेसनल एचआर एक्सेलेन्स अवार्ड–२०२२ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । बैंकभित्र रहेको मानव संसाधनलाई सन्तुष्ट हुने गरी सदुपयोग गरी काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताका आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संसाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनोटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । बैंकको वर्किङ कल्चर, सेवा–सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरबीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायराभित्र कर्मचारी व्यवस्थापन गरेको थियो । बैंकका एक हजार तीन सय १४ भन्दा बढी कर्मचारीहरू स्थायी रूपमा कार्यरत रहेका छन् ।