१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ललितपुर प्रहरी प्रभागभित्र पेस्तोल पड्किँदा प्रहरी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १०:३२:००

ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्। 

शुक्रबार राति ९ बजे पेस्तोलमा गोली लोड अनलोड गर्दा पड्किँएको पोस्तोलबाट प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्।

ललितपुर महानरीय प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक रविन्द्र धनुकका अनुसार प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङले पेस्तोलमा गोली अनलोड गर्ने क्रममा अचानक पड्केर प्रहरी जवान श्रेष्ठलाई लागेको हो । 

श्रेष्ठकाे बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारपछि श्रेष्ठको अवस्था सामान्य रहेको उनले बताए ।