मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०७:४३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१० महिनापछि उपत्यकाका धारामा मेलम्चीको पानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १२ सोमबार ०७:४३:००

१० महिनाको पर्खाइपछि उपत्यकावासीको धारामा फेरी मेलम्चीको पानी झर्न थालेको छ । गत ९ चैतमा अम्बाथानस्थित १ नम्बर गेटबाट पथान्तरण गरिएको पानी ५ वैशाखमा सुन्दरीजल आइपुगेपछि आइतबारदेखि वितरण सुरु भएको हो । 

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँबानेश्वरस्थित अन्तर्रास्ट्रिय सम्मेलन केन्द्रमा जडान गरिएको धारा खोलेर मेलम्ची खानेपानी वितरण सुरु गरे । गत १ असार र १५ साउनमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुर्‍याउँदा २२ वर्षको पर्खाइपछि उपत्यका आएको मेलम्चीको पानी बन्द भएको थियो । क्षति पुगेको आयोजनालाई पुनर्निर्माण गरी १० महिनापछि फेरि उपत्यकामा ल्याइएको हो ।

मेलम्चीको १७ करोड लिटर पानी ल्याइए पनि वितरण भने पाँच करोड लिटर मात्र भएको छ । एक सातापछि १७ करोड नौ लिटर पानी वितरण हुनेछ । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पुग्नेछ ।