१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ११ आइतबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी मनोनयनको पहिलो दिन : जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता

Read Time : < 1 मिनेट
२०७९ बैशाख ११ आइतबार १८:४९:००

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जयकृष्ण धरलाको मनोनयन-पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेमकिपाबाट पालिकाको उपमेयरमा हस्तना न्यौपानेको मनोनयन-पत्र दर्ता भएको छ । 

नेमकिपाबाट नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा यज्ञबहादुर बुढ्थापा, वडा नम्बर ३ को वडाध्यक्षमा बिर्खबहादुर सार्की, ८ नम्बर वडाध्यक्षमा अनुमति रावल, ९ नम्बर वडाध्यक्षमा भक्तबहादुर रावल र १० नम्बर वडाध्यक्षमा राज्यलक्ष्मी न्यौपानेको मनोनयन-पत्र दर्ता भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष पाँचजना, दलित महिला सदस्य दुईजना, महिला सदस्य पाँचजना र खुला सदस्य नौजना गरी जम्मा २३ मनोनयन-पत्र दर्ता भएको हो । 

निर्वाचन कार्यालय जुम्लामा १४ राजनीतिक दल दर्ता छन् । मनोनयन दर्ताको पहिलो दिन नेमकिपाबाहेक अरू कुनै पनि दलले मनोनयन-पत्र दर्ता नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।