मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १० शनिबार २०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार गिरीदेखि कलाकार श्रेष्ठसम्म राप्रपाका मेयर उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १० शनिबार २०:४३:००

राप्रपाले ६ मध्ये ४ महानगरपालिका र नगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंमा कलाकार मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगन्जमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएका छन्। 

गिरीका पिता गोपाल गिरी वीरगन्ज नगरपालिकाका मेयर थिए। चन्दा नदिएको अभियोगमा माओवादी कार्यकर्ताले उनको हत्या गरेको थियो। राप्रपाले उपमेयरहरूको पनि टुंगो लगाएको छ। जसअनुसार  विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर, बिना जयसवाल वीरगन्ज, रञ्जना सेन पोखरा छन्। 

बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।