१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार १२:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय माथेमा र सुवेदीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार १२:४६:००

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनुवाइ तोकेको छ। यसअघि हेर्दा हेर्दैमा राखिएको मुद्दामाथि सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।