१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवलपरासी रामकुमार श्रेष्ठ
२०७९ बैशाख ८ बिहीबार १९:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पल शाह प्रकरणः बालिकाका बुवाले पनि फेरे बयान 

Read Time : < 1 मिनेट
नवलपरासी रामकुमार श्रेष्ठ
२०७९ बैशाख ८ बिहीबार १९:१५:००

नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कारागारमा रहेका अभिनेता पल शाहविरुद्ध जाहेरी दिनेदेखि पीडित बालिकाको पक्षमा साक्षी बसेका सबैले बयान फेरेका छन्। बिहीबार नवलपुर जिल्ला अदालतमा बकपत्रको क्रममा उनीहरूले बयान फेरेका हुन्। नाबालिकाले पनि बुधबार बकपत्रमा वयान फेरेकी थिइन्। नाबालिकाले घटना हुँदै नभएको र प्रतिवादी पल शाह निर्दोष रहेको बताएकी थिइन्। 

बिहीबार जाहेरवाला बुवाको पनि बकपत्र गरिएको थियो। उनले पनि घटना नभएको बताएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। बिहीबार बिहानैदेखि सुरु भएको बत्रपत्र लिने क्रममा बिहीबार अभिनेता पल शाह, पीडित भनिएकी नाबालिका, उनका बुवा, कलाकार दुर्गेश थापा, पलका आफन्तलगायत नवलपुर जिल्ला अदालत आएका थिए। 

बिहीबार पीडित भनिएकी बालिकाका बुवाका साथै घटनाका साक्षी कलाकार दुर्गेश भन्ने दुर्गाबहादुर थापा, अनन्त कँडेल, योगेश काजी भन्ने योगेश शाहको बकपत्र गरिएको थियो। यी तीनैजना साक्षीले यसअघि प्रहरीसमक्ष गरेको कागजमा पल दोषी रहेको बताएका थिए। अहिले बकपत्रमा भने घटना नै नभएको भनेर बकपत्र गरेको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। 

जिल्ला अदालत तनहुँमा बकपत्रमा बयान फेरेकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी थिइन्। बुधबार अभिनेता पल शाहविरुद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित बालिकाको बकपत्र गरिएको हो भने बिहीबार ४ जनाको गरिएको हो।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासमा बकपत्र गरिएको हो। यादवका अनुसार वादी नेपाल सरकार पक्षका साक्षी २/३ जनाको बकपत्र बाँकी छ भने प्रतिवादी पल शाह पक्षका ६/७ जनाको बकपत्र लिन बाँकी छ।  

बकपत्र सक्न अझै कम्तीमा दुई दिन लाग्ने बताइएको छ। पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरको इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिएका हुन्।