१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार १९:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्टको चरित्र बिर्सिएर चुनावी तालमेल गर्नु उचित छैन : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार १९:२६:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।  बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा कम्युनिस्टहरूको द्वैध चरित्र बारम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए। 

महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाताभन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेकपटक नेपाली कांग्रेस कम्युनिस्टसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए। उनले यदि सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिस्ट पार्टीहरूले तर्साउने बताए। 

महामन्त्री थापाले कुनै पनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्योभन्दा तलका तहलाई अधिकार दिएको बताए। ढिलोचाँडो नेपालका कम्युनिस्ट एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए।