Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार ०९:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

बरुण र रणवीरबीच दुश्मनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार ०९:४४:००

बलिउड स्टार सन्तानबीच वेलावेलामा मनमुटाव हुने गरेको खबर आउने गरेको छ । पछिल्लो समाचार यो छ कि, बरुण धवन र रणवीर कपुरबीच केही दिनअघिबाट बोलचाल बन्द भएको छ ।  

केही समयअघि करण जौहारको घरमा आयोजित एउटा पार्टीमा उनीहरूबीच भनाभन भएको र त्यसपछि नै बोलचाल बन्द भएको बताइन्छ । झगडा परेपछिका दिनमा उनीहरू एकाअर्कालाई देखिसहँदैनन् । त्यति मात्रै होइन, कुनै पार्टीमा बरुणलाई बोलाउने हो भने रणवीरलाई बोलाउनुहुन्न । रणवीरलाई बोलाएको ठाउँमा बरुण जान मान्दैनन् । केही गरी एकअर्का आम्नेसाम्ने भए भने पनि नदेखेझैं गर्छन् । 

बरुण र रणवीर अहिलेका चर्चित स्टार हुन् । समकक्षी भएकाले एकअर्कामा इगो हुनु स्वभाविकै हो । तर, पनि दुश्मनी नै मोल्नुलाई भने ठीक मानिएको छैन । तर, रणवीरका निकटवर्तीले बरुणसँग कुनै समस्या नभएको दाबी गर्ने गरेका छन् । बरुण अचेल रणवीरकी गर्लफ्रेन्ड आलिया भट्टसँग कलंक फिल्मको सुटिङमा ब्यस्त छन् । त्यसकारण पनि केही मतभेद भएको हुन सक्ने अनुमान गरिएको छ । रणवीर भने आलियाका साथ ब्रह्मास्त्र फिल्मको सुटिङमा छन् ।