१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे ।
२०७९ बैशाख ५ सोमबार १५:५३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त

Read Time : < 1 मिनेट
२०७९ बैशाख ५ सोमबार १५:५३:००

श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तीव्र रूपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन्। नवनियुक्त सबै मन्त्रीहरूलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति राजापाक्षले अहिले तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ थपिएका मन्त्रीहरूमध्ये आठजना पुराना मन्त्रीहरू नै दोहोरिएका छन्। यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए।

देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आमनागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ। रासस/एएनआई