मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ४ आइतबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’को उद्घाटन

Read Time : < 1 मिनेट
२०७९ बैशाख ४ आइतबार १५:२४:००

‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ। शिवपुरी गाउँपालिका– ७ सुइरेचौरमा सम्पादक समाज नेपालले निर्माण गरेको केन्द्रको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन्।

कार्यक्रममा गोविन्द वियोगी स्मृति ट्रस्टद्वारा स्थापित, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार र सम्पादक समाज नेपालद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको थियो। त्यस्तै, कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान र वियोगीको सालिक अनावरणसमेत गरिएको थियो।

सम्पादक समाजले संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा अध्ययन केन्द्र निर्माण गरेको हो। समारोहमा ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख  राजेन्द्र बानियाँलाई प्रदान गरिएको थियो।

साथै, पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। ०६२ देखि समाजले हरेक वर्ष यी पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ।