मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ४ आइतबार १०:०५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल स्कुल अफ सोसल अन्टरप्रेनरसिपअन्तर्गत २५ जनालाई निःशुल्क उद्यमशीलता तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ४ आइतबार १०:०५:००

नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल अन्टरप्रेनरसिपअन्तर्गत २५ जनालाई निःशुल्क एकवर्षे उद्यमशीलता तालिम सञ्चालन गरेको छ। चैतको पहिलो हप्तादेखि सुरु फेलोसिप कार्यक्रमका लागि परेको तीन सय ५० आवेदनमध्येबाट उत्कृष्ट २५ जनाका लागि निःशुल्क एकवर्षे उद्यमशीलता तालिम सञ्चालन गरिएको हो।

नेपालको उच्च शिक्षालाई अब्बल निजी बैंकसँग जोडी सफल र सिर्जनशील उद्यमी बनाउने नबिलको यो नाफारहित अभियान हो। यसका लागि ठूलो लगानी भएको बैंकले जनाएको छ। अभियानअन्तर्गत नबिलले देशका सातै प्रदेशमा सर्टिफिकेट तहको अर्को कार्यक्रमसमेत सुरु गर्ने जनाएको छ। जसमा सातै प्रदेशका विभिन्न क्याम्पससँग सहकार्य गरी पाठ्यक्रम निर्माणको काम भइरहेको छ। यसमार्फत एक प्रदेशमा एक सयका दरले सात प्रदेशमा सात सय नयाँ उद्यमी बनाउने बैंकको महत्वाकांक्षी सोच छ।

यो अभियानलाई व्यवस्थित, दिगो र संस्थागत बनाउन नबिलले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग सहकार्य गरी अलग्गै कार्यालयसमेत स्थापना गरेको छ। यो कार्यालयमार्फत सामाजिक उद्यमशीलताको एउटा नयाँ प्रारूपको थालनी गर्ने नबिलले जनाएको छ।