१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ३ शनिबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जा पत्रकारिता बाैद्धिक अनुसन्धानवृत्ति काफ्ले र अर्याललाई

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३ शनिबार २१:३७:००


नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बाैद्धिक अनुसन्धानवृत्ति वरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने निर्णय गरेको इञ्जा अध्यक्ष गुणराज लुइँटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा दर्शनाचार्य (एमफिल) को उपाधि हासिल गरी सोही विषयमा विद्यावारिधि गर्दै गरेका वरिष्ठ पत्रकार कपिल काफ्ले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक हुन् । उनी हाल नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । 

यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा उप–प्राध्यापकका रूपमा कार्यरत देवराज अर्यालले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा राजनीतिक परिवर्तनमा मिडियाको भूमिकासम्बन्धी प्रश्नमा केन्द्रित भई विद्यावारिधि गरिरहेका छन् ।