मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख ३ शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रमुख आयुक्त थपलिया (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३ शनिबार १४:४२:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन्। जनकपुरधाममा शनिबार आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्तन सक्ने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए। निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेश सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचनविपरीत हुने खालका अभिव्यक्ति आइरहनु दुःखद भएको बताए। निर्वाचन आचारसंहितालाई सामान्य रूपमा नलिन आग्रह गर्दै यसको उल्लंघन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको उनले जानकारी दिए। रासस