१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा नेपाल र परिवार दलसँगको चुनावी तालमेलप्रति भीम रावलको असन्तुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १ बिहीबार १५:२६:००

एमालेका नेता भीम रावलले एमालेको चुनावी तालमेलको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र राष्ट्रिय परिवार दलले सूर्य चिह्न लिएर निर्वाचन लड्ने विषयमा एमालेसँग बुधबार भएको सम्झौताप्रति नेता रावलले असन्तुष्टि जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सर्य चिह्नमा लड्नेऽ तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ?’ नेता रावलले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !’

बुधबार एमालेले राप्रपा नेपाल र राष्ट्रिय परिवार दललाई सूर्य चिह्न दिएर आसन्न निर्वाचनमा तालमेल गर्ने सम्झौता गरेको थियो । 

विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे !के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !

— Bhim Rawal, PhD (@BhimRawal179) April 14, 2022