१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण २८ मंगलबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार

दरबारमार्ग बलात्कार घटना : वर्ष दिनपछि सर्वोच्चले माग्यो विपक्षीसँग लिखित जवाफ

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २८ मंगलबार २१:५५:००

सर्वोच्च अदालतले निलम्बित प्रहरी निरीक्षक लक्ष्मणसिंंह ठकुरीसहित विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीस आनन्दमोहन भट्टराईको एकल इजासले ठकुरीसहित विपक्षीका नाममा कारण देखाउ आदेशमार्फत लिखित जवाफ माग गरेको हो । 

काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कार जस्तो जघन्य प्रकृतिको अपराधमा मिलापत्र गराउन भूमिका खेलेको अभियोग लागेपछि उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । 

ठकुरीले आर्थिक लेनदेनका आधारमा उजुरी लिन नमानेको तथा पीडितलाई थप पीडा दिएको आरोप पनि थियाे । कैलालीकी बलात्कृत युवती ललितपुरको झम्सीखेलमा बुबाआमासँगै बस्दै आएकी थिइन् । युवती र रामेछापका युवक शैलेश कार्की फेसबुकमार्फत सम्बन्धमा जोडिएका थिए । 

११ माघ ०७४ मा प्रेमी कार्कीसहित उनका साथीले सामूहिक बलात्कार गरेको भन्दै उजुरी लिएर प्रहरीकहाँ युवती पुगेकी थिइन् । जघन्य प्रकृतिको घटनाको उजुरी ठकुरीले लिन नमानी मिलापत्र गराउन दबाब दिएका थिए । 

युवती बलात्कार प्रकरणमा विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल पनि थिए । वर्ष दिन वितिसक्दा पनि अदालतले बलात्कार जस्तो जघन्य प्रकृतिको अपराधको मुद्दामा विपक्षीसँग लिखित जवाफ मागेको छ । 

ठकुरीसँगै महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी तीलक भारती, प्रहरी निरीक्षक ठाकुरी र प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीमाथि छानविन गर्नका लागि गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर, काठमाडौंका तत्कालीन एसपी रामदत्त जोशीको संयोजकत्वमा छानविन गर्न समिति नै बनाएको थियो ।